कोलम्बो, २९ भदौं । एसिया कपको फाइनलमा श्रीलंका प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत अति रोमाञ्चक खेलमा पाकिस्तानलाई दुई विकेटबाट हराउदै श्रीलंका फाइनलमा प्रवेश गरेको छ जहा सेप्टेम्बर १७ मा भारत संग उपाधीको लागि भिड्न्त हुने छन् ।
सुपर फोर अन्तर्गत विहिवार राति भएको खेलमा श्रीलंकाले पाकिस्तान माथि डिएलएस मेथडबाट २ विकेटको रोमाञ्चक जित हात पारे ।
भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि एसिया कप २०२३ बाट बाहिरिएको हो । कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समारा विक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।
पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए । श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १–१ विकेट लिएका थिए ।
फाइनलमा भारत र श्रीलंका विच सेप्टेम्बर १७ तारेख अर्थात भदौं ३१ गते आईतवारका दिन हुने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन