रौतहटका प्रहरीको लागि निशुल्क आँखा परिक्षण शिविर संचालनमा

रौतहट, नेत्र ज्योती संघद्वारा संचालित गौर आँखा अस्पतालको आयोजनामा जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरीहरुलाई निशुल्क रुपमा आँखा परिक्षण शिविर शुक्रवार संचालन गरिएका छन् ।
शान्ति सुरक्षा सुरक्षणमको मूल मन्त्रका साथ आफनो दायित्व निर्वाह गर्दै आएका प्रहरी कर्मचारीहरुलाई आँखाको अवस्था कस्तो छ भने उद्देश्यका साथ आज जिल्ला प्रहरी कार्यालय गौरमा निशुल्क आँखा परिक्षण स्वास्थ्य शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डले बताए ।
आँखाको परिक्षण गरेर आवश्यक पर्नेलाई औषधी, रिडिंग ग्लास, मोतिया बिन्दु भएकालाई शिघ्र शल्यक्रियाको लागि सुझाव दिइने बताउदै आज विहान १० बजे देखि सुरु भएको परिक्षण शिविर आज दिउसो ४ बजे सम्म संचालन गरिने समेत उनले भने ।