रौतहट, ३० भदौं । रौतहटको फतुवा विजयपुरको सन्तपुरमा भएको दुर्घटना पछि अवरुद्ध रहेको बाटोलाई पिडित पक्ष संग प्रमुख जिल्ला अधिकारीले समन्वय गरी अबेर राति बाटो खुलए ।
बौधीमाई नगरपालिकाको कोपवा बजारमा सिमेन्ट पुर्याएर निजगढ तर्फ जाँदैगरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले सन्तपुर दोस्तिया चौकमा ना. ५१ पा. ४९४१ को मोटरसाइकललाई ठककर दिदाँ फतुवा बिजयपुर नगरपालिका वडा नम्वर १ का ३५ वर्षिय उमेश यादवको शुक्रवार दिउसो ३ बजेको समयमा मृत्यु भएका थिए ।
ट्रकबाट ठक्कर लाग्दा सामान्य घाइते भएका यादवलाई ट्रकले ब्याक गरेर हत्या गरेको आरोप लगाउदै स्थानीयहरु उग्र भएको थियो । ट्रक चालक बारा निजगढ ६ बर्ष ४१ को मुकुन्द पोखरेल माथि स्थानीयले हातपात सुरुगरेका थिए,। चालक पोखरेल लाई बचाउन खोज्दा प्रहरी टोली माथि समेत आक्रमण गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो । आक्रोसित स्थानियले आक्रमण गर्दा ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको झ्यालको सिसा फुटेको तथा कैयौ प्रहरी लाई चोटपटक लागेको थियो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा दुर्घटनाका मृतक परिवार र स्थानीय प्रशासन बिच गएराती भएको सहमति पछि अवरुद्ध बाटो खुला भएको छ । ट्रक चालक लाई कानुन अनुसार कडा कारवाही गरिने, पिडित परिवारलाई क्षतिपूर्ति दिने भएको दुईपक्षिय सहमति पछि गएराती १० बजे मृतक उमेश राय यादवको शव पष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन