install zoom in windows 10 s mode use zoom app zoom exe download zoom applicazione download zoom for windows 11 64 bit free download zoom cloud meeting app for pc online - zoom cloud meeting app for pc online

साता वित्न नपाउदै देवाही गोनाही नपामा पुन ः एक महिला बलात्कारको शिकार बनिन

   २ श्रावण २०७८, शनिबार १२:२०  

तराई टप संवाददाता
रौतहट, २ साउन । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा दुई साता नवित्दै पुन ः एक दलित महिला बलात्कारको शिकार बनेकी छिन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ घर भएकी ३० बर्षिया पासवान थरकी महिला सुतिरहेको अवस्थामा सोही गाउँ बस्ने बर्ष ४० को राकेश राउत कर्मीले घाँटीमा धारिलो हतियार राखेर बलात्कार गरेको पिडिताले बताएकी हुन् ।
असार ३१ गते मध्य राति १२ बजेको समयमा बाँसको ढोका खोली घरमा प्रवेश गरेका कुर्मीले महिला सुतेको स्थानमा पुगेर घाँटीमा धारिलो हतियार राखि बलात्कार गर्ने दुष्प्रयास गर्दा आफू विरोधको स्वर निकाल्ने वित्तिकै हतियारबाट घाँटी छिनाईदिने धम्की दिदा आफू चुप लागेर कुर्मीको अत्याचार सहनु बाहेक कुनै विकल्प नरहेको उनले भनिन ।
पिडिता संग दुष्कर्म गरेर हिड्न लाग्दा कुर्मीले यसको जानकारी कसैलाई दिएमा परिवारको सवै सदस्यलाई मारिदिने धम्की दिएर निस्कन लाग्दा आफूले हारगुहार माग्दा उनी त्यहाँबाट भाग्न सफल भएको बताइएको छ । आरोपित कुर्मी फरार भएको हुँदा निजको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पीडिता महिलाको जिल्ला अस्पताल गौरमा शुक्रवार स्वास्थ्य परीक्षण भइसकेको प्रहरी बताए । इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले जवरजस्ती करणी गरेर फरार रहेका कुर्मीको व्यापक खोजतलास प्रहरीले जारी राखेको हुँदा चाँडै नियन्त्रणमा लिने दाबी गरे ।
यस अघि असार २३ गते देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहाले २७ बर्षिया महिलालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए । आफ्नै गाउकी एक जना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी भण्डारीले बताए ।
एउटै नगरपालिकामा दुई साता वित्न नपाउदै दुई जना महिला बलात्कार हुनु अपराधी व्यक्तिहरुको मनोवल रौतहटमा बढ्दै गएको हुँदा सर्वसधारण जनताहरु चिन्ता व्यक्त गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै