प्रधानमन्त्री मोदीद्वारा यासो भूमि र एयरपोर्ट एक्सप्रेस लाइनको उदघाटन

   ३१ भाद्र २०८०, आईतवार १२:५१  

नयाँ दिल्ली, एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत इन्टरनेशनल कन्भेन्सन एण्ड एक्स्पो सेन्टर यशोभूमि (आईआईसीसी) को पहिलो भागको उद्घाटन गर्ने भएका छन् ।
यो विश्वको सबैभन्दा ठूलो एमआईसीई (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी) केन्द्र द्वारका, दिल्लीमा निर्मित भएकोलाई उदघाटन गर्ने तयारी पुरा भएका हुन् ।
यसअघि प्रधानमन्त्री मोदीले द्वारका सेक्टर–२१ देखि यशोभूमि द्वारका सेक्टर–२५ सम्म विमानस्थल एक्सप्रेस लाइन (मेट्रो लाइन) विस्तारको उद्घाटन गरेका थिए । यहाँ परम्परागत काम गर्ने मजदुरसँग भेट गरे । नयाँ यशभूमि द्वारका सेक्टर–२५ भूमिगत स्टेशन इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल ३ र नयाँ दिल्ली रेलवे स्टेशन जस्ता सहरका महत्वपूर्ण स्थानहरुलाई सीधै जोडिनेछ ।
यही मेट्रोमा चढेर प्रधानमन्त्री द्वारका पुगेका थिए । उनले यहाँ इन्डिया इन्टरनेशनल कन्भेन्सन एण्ड एक्स्पो सेन्टर यशो भूमिको उद्घाटन गर्ने छन् । यो सम्मेलन केन्द्र भारत मण्डपम भन्दा ठूलो छ, जहाँ जी २० बैठक यस महिनाको ९ र १० मा सम्पन्न भएको थियो ।
करिब ५४०० करोडको लागतमा २१९ एकडमा यशोभूमि निर्माण गरिएको छ । जबकि भारत मण्डपम १२३ एकडमा तयार भएको थियो । प्रधानमन्त्रीले यशोभूमिका अलावा द्वारका सेक्टर–२१ देखि यशोभूमि द्वारका सेक्टर–२५ सम्म विमानस्थल एक्सप्रेस लाइन विस्तारको पनि उद्घाटन गर्नेछन् ।
एकैपटक तीन हजार गाडी पार्किङ
सम्मेलन केन्द्रमा बनाइएको भूमिगत पार्किङमा एकै पटक तीन हजार कार पार्क गर्न सकिन्छ । यस केन्द्रमा ड्रेनेज पानी पुनः प्रयोग गर्न सकिन्छ । वर्षाको पानी संकलनको पनि व्यवस्था छ ।
श्रोतः दैनिक भाष्कर

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै