एलआइसी नेपाल लिमिटेडमा ब्याप्त बेथिति कहिले सुध्रिएला ?

   ३१ भाद्र २०८०, आईतवार १६:२०  

एलआइसी नेपाल लिमिटेडमा ब्याप्त बेथिति कहिले सुध्रिएला ? नम्वर वन बनाउने अभियानमा लागेका उच्च पदस्थ पदाधिकारीहरुको निर्देशनमा गलत गर्ने कर्मचारीलाई ढाकछोप गर्नमा ब्यस्त एलआइसी नेपाल लिमिटेड ।

रौतहट, ३१ भदौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडमा झोल नै झोलका कारण विमाधारीहरुको रकम असुरक्षित बन्दै गएका छन् ।
सन् २०२० मा एलआईसी नेपाल लिमिटेडको हेड अफिसकै निर्देशनमा विमा कम्पनीलाई नेपालमै “नम्बर वन” बनाउने होडमा निमयकानुनलाई मिच्दै एउटा विमाधारीले दिएको रकम उसको खातामा जम्मा नगरी त्यस रकमबाट दर्जनौं नक्कली विमाधारीहरु खडा गरेर खाताहरु खोलिएको हुन् ।
तत्कालिन एलआईसी नेपाल लिमिटेड गौर शाखाका ब्राञ्च मैनेजर विपिनकुमार साहको कार्यकालमा सबै गैरकानुनी ढंगबाट नक्कली विमाको खाताहरु खडा गरिएका थिए । प्रमाणको आधारमा प्राप्त भएको जानकारी अनुसार विमाधारीहरुले दिएको रकमलाई उसको खातामा जम्मा नगरेर अन्य फर्जी खाता खडा गरेर जम्मा गरिएको बेथिती देखिएको छ ।
एलआइसी नेपाल लिमिटेडमा भएको गडबडी सम्बन्धमा सम्बध निकायले आवश्यक छानविन गरेर दोषि कर्मचारीलाई कारवाही गर्नुपर्नेमा उल्टै सेवाग्रहीलाई नै विचल्लीमा पार्ने गरी दोषिहरुलाई कम्पनीले पृष्ठपोषक बनेको आरोप पिडितहरुले लगाएका छन् ।
विगत १९ बर्ष देखि एलआइसी नेपाल लिमिटेडमा अभिकर्ता (एजेन्ट) को रुपमा कार्यरत रही एक जनाले एक हजार भन्दा बढि ग्राहकको विश्वास जितेर विमा खाता खोलाउन सफल भएको तर समय समयमा दिदै आएको रकम भनिएको विमाधारीको खातामा रकम जम्मा नगरी अन्य खातामा राखिएपछि यस्तो समस्या उत्पन्न भएको बताइएको छ ।
यस सम्बन्धमा पटक पटक शाखा कार्यालय, प्रदेश कार्यालय र हेड अफिसमा गुनासो गर्दा कुनै सिप नलाग्दा बाध्य भएर नेपाल विमा प्राधिकरणमा उजुरी गरेर संचार माध्यममा जान बाध्य भएको यी एजेन्टहरुले गम्भीर गुनासो आनन्द कुमार महतो, राजेश कुमार महतो, रामप्रित यादव, रविता कुमारी साह, सुनिल कुमार सूर्य, देजी कुमारी शर्मा, बसनत कुमार यादव, गुड्डी कुमारी, कुन्दन कुशवाहा, सुनिल कुमार यादव, बिकेश कुमार यादव, नितिन आनंद कुमार शर्मा, सत्येन्द्र पाण्डे र मो. सम्साद पोखे ।
१४ जना पहिलो चरणमा उजुरी गरेपनि अहिले आएर अन्य अभिकर्ताहरु उजुरी गर्ने अवस्थामा पुगेका छन् । विगत डेढ महिना देखि एलआइसी नेपाल लिमिटेडको सम्बन्धमा समाचार प्रकाशित एवं प्रशारित हुँदै आएपनि कम्पनी माथि कुनै असर परेको देखिदैनन ।
नेपाली जनताहरु निकै आशा र भरोसाको साथ एलआईसीमा विमा खाता खोलेको छ तर सो ग्राहक प्रति अलिकति पनि जम्मेवार एलआइसी नेपाल लिमिटेड देखिएको छैनन् ।
एलआइसी नेपाल लिमिटेडमा व्याप्त रहेका बेथितीलाई मिडिया समक्ष ल्याउन हिम्मत जुटाउन मात्रै नसकेको हो नत्र भने कयौं अभिकर्ताहरु मिडियामा गएर एलआइसी नेपाल लिमिटेडमा भएको अनियमितताको बखान गर्ने थिए तर सत्येन्द्र पाण्डे सहितका अभिकर्ताहरु अहिले हिम्मत देखाएर एलआइसी नेपाल लिमिटेडको बेथितीलाई उजागर गर्नमा लाग्ने बाध्यात्मक अवस्था आएको उनीहरु भन्छन् ।
कम्पनीका ब्राञ्च देखि माथिल्लो निकाय सम्मका कर्मचारीहरु फस्ने भएपछि जिम्मेवार पदाधिकारी प्रकाश बहादुर उपाध्यायले एलआइसी नेपाल लिमिटेडको लेटरप्याड दुरुपयोग गरेर सिओको हस्ताक्षर स्केन मार्फत विना चलानीको अभिकर्ता सत्येन्द्र पाण्डेको कोड निलम्बन गर्दै कारवाही गर्न पत्र पठाएका थिए । पाण्डेले उक्त पत्र बुझेपछि आधिकारिता पत्ता लगाउदै जाँदा नक्कली भएपछि आवश्यक कारवाहीका लागि नेपाल विमा प्राधिकरणमा उजुरी गरेको बताए ।
यस सन्दर्भमा एलआईसी नेपाल लिमिटेडका केन्द्रीय सुचना अधिकारी सुदर्शन गिरी संग ९८५१३६५५९२ मा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै