साउने झरीको कारण तटिय क्षेत्रका बासिन्दाहरुलाई सजग रहन प्रजिअको आग्रह

456 Shares

तराई टप संवाददाता
रौतहट, २ साउन । शनिवार देखि सुरु भएको साउने झरीबाट वागमती तथा लाल बकैया नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज विहानै सुचना जारी गर्दै अगामी तिन दिन सम्म मनसुन सक्रिय भएर भईरहेको मुसलधारे साउने झरीको कारण जिल्लाको प्रमुख नदी वागमती, लाल बकैया, चाँदी, झाझ सहित नदीको तटिय क्षेत्रका बासिन्दाहरु सतर्क एवं सजग भएर बस्न अनुरोध गरेको हो ।
मुसलधारे बर्षाले बागमती, लालबकैया नदि तथा चाँदी लगायतका खोला तथा नदीमा पानीको सतह बढ्दै गएको छ । जिल्लाका नदीहरुमा पानीको सतह बढेपछि जिल्लाको दक्षिणी भेगका गाँउहरु डुबानमा पर्ने खतरा हुने गर्दछ । लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएको हुँदा तटीय क्षेत्रका बासिन्दालाई प्रजिअ यादवले सतर्क रहन आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार