पूर्व प्रधानमन्त्री बाबुराम भटराई भारत भ्रमणमा

   १ आश्विन २०८०, सोमबार १४:४८  

रौतहट, १ असोज । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भटराई यतिखेर भारत भ्रमणमा रहेको छ ।
पार्टीको प्रवास कमिटीको निमन्त्रणामा भट्टराई ७ दिने भ्रमणका लागि शनिवार भारत तर्फ प्रस्थान गरिसकेको हो ।
भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकास लगायतका विषयमा मन्तव्य दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
भारत बसाईका क्रममा भट्टराईले नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै