आदित्य–एल १ ले वैज्ञानिक डाटा सङ्कलन गर्न थाल्यो, इसरोद्धारा पहिलो ग्राफ साझा गर्यो

नयाँ दिल्ली, १ असोज । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को सुर्य मिसन आदित्य–एल १ ले संकलन गरेको पहिलो बैज्ञानिक डाटालाई इसरोले साझा गरेको छ ।
आदित्य–एल १ मिसनले वैज्ञानिक डाटा सङ्कलन गर्न थालेको छ, इसरोले सोमबार एक अपडेटमा भन्यो ।
मिशनको स्टेप उपकरणका सेन्सरहरूले पृथ्वीबाट ५० हजार किलोमिटर भन्दा बढी दूरीमा सुपर–थर्मल र ऊर्जावान आयनहरू र इलेक्ट्रोनहरू नाप्न थालेको इसरोले जनाएका छन् ।
यसले एक ग्राफ पनि साझा गर्यो जसले ऊर्जावान कण वातावरणमा भिन्नताहरूलाई देखाउँदछ, एक एकाइहरूद्वारा सङ्कलन गरिएको थियो । एएनआई ।