नयाँ आशा र आत्मविश्वासका साथ नयाँ संसद भवनमा जाऔंः प्रधानमन्त्री मोदी

   १ आश्विन २०८०, सोमबार १५:५१  

नयाँ दिल्ली, १ असोज (पीटीआई) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पुरानो संसद भवनको “हरेक इट्टा” लाई श्रद्धाञ्जली दिए र भने कि सांसदहरु “नयाँ आशा र विश्वास” का साथ नयाँ भवनमा प्रवेश गर्नेछन् ।
लोकसभामा आफ्नो एक घन्टा लामो भाषणमा मोदीले भारतको लोकतन्त्रको यात्राको सम्झना गरे र यस सम्पदा भवनको अन्तिम दिन स्वतन्त्रता देखि यस भवनमा सेवा गरेका ७५०० भन्दा बढी सांसदहरूलाई समर्पित गर्नुपर्ने बताए ।
मंगलबार गणेश चतुर्थीको शुभ अवसरमा संसद नयाँ भवनमा सारिने भएको छ । “आज हामीसँग विगत सँग जोडिने अवसर छ । हामी भविष्यको आशा लिएर यो भवनलाई छोड्दै छौँ । नयाँ संसद भवनमा प्रवेश गर्दा नयाँ आशा र आत्मविश्वासका साथ त्यहाँ जानेमा म विश्वस्त छु,” प्रधानमन्त्री मोदीले भने ।
“आज यहाँ सेवा गर्नुहुने साढे सात हजार सांसदहरूलाई सम्झने दिन हो, यो भवनको हरेक इँटालाई म सलाम गर्छु,” उनले भने ।
पुरानो संसद भवनको ऐतिहासिक महत्वमा जोड दिँदै प्रधानमन्त्री मोदीले पुरानो संसद भवन विदेशी शासकले दिएको भए पनि भारतीयको पसिना, मिहिनेत र पैसाले निर्माण भएको स्मरण गराए । ‘आज हामी यस ऐतिहासिक भवनबाट विदा लिइरहेका छौं, स्वतन्त्रता अघि यो इम्पेरियल लेजिस्लेटिभ काउन्सिल थियो र स्वतन्त्रतापछि संसद भवन भयो,’ उनले भने । “हामी नयाँ भवनमा जान सक्छौं, तर पुरानो भवनले आउने पुस्तालाई पनि प्रेरणा दिनेछ । यो भारतको यात्राका महत्वपूर्ण अध्याय हो,” मोदीले भने । पीटीआई ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै