ताइवानको टापुमा चीनले १०३ लडाकु विमान पठाएपछि उत्पीडनः मा ताइवान

ताइपेय, १ असोज (एपी) । चीनले ताइवानको टापु क्षेत्रमा १०३ लडाकु विमान पठाएर ताइवान माथि उत्पीडन गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।
ताइवानको रक्षा मन्त्रालयले सोमबार चीनको सेनाले २४ घण्टाको अवधिमा टापुतर्फ रेकर्ड तोड १०३ युद्धक विमान पठाएको जनाएको हो ।
मन्त्रालयले चिनियाँ सैन्य कारबाहीलाई ’उत्पीडन’ भनेको छ र वर्तमान तनावपूर्ण वातावरणमा यो अझ बढ्न सक्ने चेतावनी दिएको छ । “हामी बेइजिङ अधिकारीहरूलाई जिम्मेवारी वहन गर्न र यस प्रकारको विनाशकारी सैन्य गतिविधिहरू तुरुन्तै रोक्न आग्रह गर्दछौंः ताइवानको रक्षा मन्त्रालयद्धारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ” । एपी ।