गरुडामा हावा ट्याँकी विस्फोट, दुई जना घाइते, उपचारको लागि विरगंज लगियो

रौतहट, १ असाज । रौतहटको गरुडा नगरपालिका स्थित धर्मेन्द्र मोटरसाइकल वर्क सपमा सोमवार विहान हावा ट्याँकी विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ४ स्थित समनपुर रोडमा धर्मेन्द्र मोटरसाइकल वर्क सपमा आज विहान ९ बजेको समयमा हावा ट्याँकी विस्फोट भएका हुन् । हावा ट्याँकी विस्फोटमा परेर गरुडा नपा ९ गम्हरियाका २२ बर्षिय धर्मेन्द्र साह र २३ विधी कुमार साह गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गम्भीर घाइतेहरुलाई सामान्य उपचार पछि थप उपचारको लागि विरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।