अबधेश महतोको घरमा चार लाखको धनमाल लुटपाट

   १ आश्विन २०८०, सोमबार १७:४९  

रौतहट, १ असोज । रौतहटको माधवनारायण नगरपालिका ५ मिठुअवा गाउँमा आईतवार राति एक जनाको घरमा लुटपाट भएको छ ।
गएराति १.३० बजेको समयमा पाँच जनाको संख्यामा आएका अज्ञात व्यक्तिहरुको समुहले माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा बस्ने अबधेशकुमार महतोको घरमा प्रवेश गरेर नगद, सुनचाँदी र लत्ताकपडा सहित ४ लाख बराबरको धनमाल लुटेर लगेको पिडित परिवारले जनाएको हो ।
महतोको घरमा १५ दिन भित्र दोश्रो पटक लुटपाट भएको हुँदा कुनै व्यक्तिगत रिसिइवीका कारण यस प्रकारको घटना भएको हुन सक्ने आशंका गाउँलेहरुले गरेका छन् ।
महतोको १० बर्षिया छोरीलाई भदौं १४ गते स्थानीयद्धारा अपहरण गरेर भारत पुर्याइएका थिए तर अत्याधिक दवावको कारण ति बालिकालाई दुई दिनपछि ल्याएर गाउँ छेउमा छाडिएको थियो । सोही आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको इलाका प्रहरी कार्यालय गरुडाबाट बुझिएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इप्रका गरुडाले जनाएको छ । लुटपाटको घटना माथि प्रहरीले आशंका व्यक्त गर्दै हामी सुक्ष्म अनुसन्धान गर्दैछौं श्रोतबाट बुझिएको छ ।
यसैविच पिडित महतोले छोरीको अपहरणमा संलग्न व्यक्तिहरुद्धारा नै लुटपाटको घटना घटाएको उनले गुनासो गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै