जय बाबा विश्वकर्मा टिभिएस बाइकको सिग्नेचर शो रुमको उदघाटन

रौतहट, १ असोज । गरुडा नगरपालिकामा टिभीएस बाइकको सिग्नेचर शो रुमको आधिकारीक रुपमा सोमवार उदघाटन भएको छ ।
गरुडा नगरपालिकाको शिवनगर चोक देखि उत्तर सडक भन्दा पश्चिममा संजिव साहले संचालन गरेको टि भि एस बाइकको जय बाबा विश्वकर्मा सिग्नेचर शो रुमको आधिकारीक रुपमा गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले उदघाटन गरेको हो ।
उदघाटन गर्दै नगरप्रमुख जयसवालले गरुडा नगरपालिकामा जतिपनि बाइकहरुको शो रुम रहेकोमा तिनीहरुको व्यापार त्यती नै भइरहेको जिकिर गर्दै नवउदयीमान व्यवसायी संजिवको अथक मेहनत एवं परिक्षणको कारण नै आज यो सिग्नेचर शो रुमको उदघाटन गर्न पाउदा निकै खुशी लागेको बताउदै शो रुमको प्रगतिको शुभकामना दिए ।
सो कार्यक्रममा उद्योग वाणिज्य संघ गरुडाका अध्यक्ष, चिकित्सक संजिव यादव, पत्रकार प्रभातकुमार झा, उद्योगी व्यवसायी, समाजसेवी लगायत टिभिएस कम्पनीका सेल्स डिपार्टमेन्टका अफिसरहरुको उपस्थिति रहेको थियो ।
जयबाबा विश्वकर्मा सिग्नेचर शो रुमका प्रोपराइटर संजिव साहले मोटरसाइकल वर्क सप देखि सिग्नेचर शो रुम सम्मको यात्रामा साथ दिने सम्पूर्ण उपभोक्ताहरु देखि लिएर समाजका हरेक वर्गलाई धन्यवाद दिदै यो शो रुम रौतहटबासीको धरोहर रहेको हुँदा यसलाई अपार माया र सहयोगको अपेक्षा गरे ।