विदेशी स्वचालित हतियार सहित तिन भारतीय नागरिक पक्राउ

   ४ श्रावण २०७८, सोमबार १६:२७  

तराई टप संवाददाता
रौतहट, ४ साउन । मेड इन इंगलैण्ड भएको अटोमेटिक सिक्सर अबैध हतियार सहित ३ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले सोमवार मोलापुर नगरपालिकाबाट नियन्त्रणमा लिएका छन् ।
मौलापुर नगरपालिकाको वडा नम्बर ५ सोनरनिया हुँदै कलैया जाने जाने हुलाकी सडकमा प्रहरीले नियमित चेकजाँच थापेको क्रममा तिनै जनालाई अटोमेटिक सिक्सर पेस्तोल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
प्रहरीलाई प्राप्त भएको सुचना अनुसार जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले सो सडकखण्डमा बिआर ०५ एपि ४०१६ र बिआर ०५ इ ६४३४ नम्बरको मोटरसाइकललाई चेकजाच गर्दा बिआर ०५ एपि ४०१६ नम्बरको मोटरसाइकलका चालक भारत विहार मोतिहारी जिल्लाको बिजबानी २ घर स्थायी ठेगाना भएको २२ वर्षीय देवेन्द्र यादवको शरिरबाट बोर ३८ नम्वर ००७ मेड इन इंगलैण्डको अटोमेटिक सिक्सर पेस्तोल १ थान फेला परेको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी नारायण चिमोरयोले बताए ।
पक्राउ परेका यादल संगै रहेर अबैध हातहतियरको कारोवारमा संलग्न रहेका सोही स्थानका २९ बर्षिय सुधिर कुमार यादव र २४ बर्षिय संदिप कुमार लगायत ३ जनालाई पक्राउ गरेको उनले जानकारी दिए । पक्राउ परेका तिनै जनालाई अनुसन्धान एवं कारवाहीको लागि जिल्ला अदालतबाट न्यायिक हिरासतको म्याद थप गरी कारवाही प्रक्रिया अगाडी बढाइएको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै