भारतले क्यानडाका शीर्ष कूटनीतिज्ञलाई देशबाट निष्कासनको उर्दी जारी गरे

नयाँ दिल्ली, एजेन्सी । खालिस्तानी आतंकबादीलाई क्यानाडाले संरक्षण दिदै भारत विरोधी गतिविधिमा लगाएको आरोप लगाउदै भारत सरकारले क्यानडाका शीर्ष कूटनीतिज्ञलाई देश निकालाको उर्दी जारी गरेका छन् ।
क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले क्यानडाका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गर्ने उर्दी जारी गरेका हुन् ।
क्यानाडाको यो कदम प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाएपछि आएको थियो । भारतले सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न भनिएको छ,’ भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
क्यानडामा खालिस्तानी आतंकबादी संगठनलाई पनाहगार बनेका त्यहाँका प्रधानमन्त्री जस्टिन टुडोको कारण भारत संग सम्बन्ध चिसिदै गएको छ । खालिस्तानी आतंकबादीलाई भारत विरुद्ध प्रयोग गर्दै आएका टुडोको कार्य प्रति प्रतिकारात्मक जवाफ दिदै भारतले क्यानडाका शीर्ष कुटनीतिज्ञहरुलाई आउदो पाँच दिन भित्र भारत छाड्न उर्दी जारी गरेको भारतीय समाचार माध्यमहरुमा खवरलाई प्रमुखताका साथ छापिएका छन् । एएनआई ।