शिक्षकहरु आन्दोलनमा गए कारवाही गरिने बौधीमाईको मेयर यादवको चेतावनी

   २ आश्विन २०८०, मंगलवार १६:३९  

रौतहट, २ असोज । शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघद्वारा बुधवार देखि जारी आन्दोलनमा गए शिक्षक विरुद्ध कारवाही हुने बौधीमाई नगरपालिकाको मेयरले चेतावनी दिएका छन् ।
रौतहटको बौधीमाई नगरपालिकाको मेयर प्रदीपकुमार यादवद्वारा हस्ताक्षरित जारी भएको विज्ञप्तीमा नगरपालिकाको नगर शिक्षाको बसेको बैठकबाट भोली देखि हुने आन्दोलनमा विद्यालय छाडी, पठनपाठनलाई अबरुद्ध बनाएर आन्दोलनमा जाने शिक्षकलाई शिक्षा ऐन अनुसार कारवाही गरिने चेतावनी दिएका हुन् ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक क्यालेण्डर अनुसार नियमित रुपमा कक्षा संचालन गराएर अध्ययन अध्यापन गराउन आह्वान गरिन्छ । पठन पाठनमा कुनै अवरोध नगराउन आह्वानलाई बेवास्ता गरी विद्यालय संचालनमा अवरोध पुर्याउने शिक्षकहरुलाई नगरपालिकाको शिक्षा ऐन अनुसार कारवाही गरिने चेतावनी दिए ।
शिक्षकको काम अध्ययन अध्यापन गराउनु हो नकी राजनीति गर्ने हो भन्दै जारी विज्ञप्तीको विपरित कार्य भए कारवाहीको लागि तयार रहन समेत भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै