विलबिजक भन्दा बढि सामानहरुको कन्टेनर बारा प्रहरी नियन्त्रणमा

   २ आश्विन २०८०, मंगलवार १७:५८  

बारा, २ असोज । वीरगंजबाट काठमाण्डौं तर्फ गइरहेका कन्टेनरलाई चेकजाँच गर्दा विलविजक भन्दा बढि खुद्रा सामानहरु फेला परेपछि कन्टेनरलाई नियन्त्रणमा प्रहरीले लिएका छन् ।
सोमवार राति २०ः५० बजेको समयमा विरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना.६ख.४९४० कन्टेनरलाई विशेष सुराकीको आधारमा बाराको पथलैयामा चेकजाँच गर्दा विलविजक भन्दा बढि खुद्रा सामानहरु फेला परेको हुँदा नियन्त्रणमा लिएका हुन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार विल विजक भन्दा बढीको खुद्रा सामानहरू रहेको र उक्त सामानको स्रोत खुलाउन नसकेको कारण करिव ३५ लाख मूल्य बराबरको खुद्रा सामानहरु सहित कन्टेनर ट्रकलाई नियन्त्रणमा आवश्यक अनुसन्धान भईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै