वडाध्यक्ष डिके झाद्धारा मृतक अपाँग परिवारलाई नगद १० हजार सहयोग

618 Shares

तराई टप संवाददाता
रौतहट, ४ साउन । दुर्गा भगवती गाउँपालिका ३ मत्सरीको एक अपाँग व्यक्तिको निधन भएपछि उसको काजक्रियाको लागि मृतक परिवारलाई वडाध्यक्षद्धारा आर्थिक सहयोग गरिएको छ ।
आर्थिक अवस्थाबाट अत्यन्तै दैनिय रहेका तथा शारीरिक रुपमा पूर्ण अपाँग रहेका नन्दु भगत माली कष्टकर जिवन व्यतित गर्दै देहवसान भएको खवरबाट मर्मातह भएको ति परिवारलाई उनको काजक्रिया गर्न समेत अप्ठ्यारो भएको अवस्थालाई मध्य नजर राख्दै वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) ले १० हजार नगद रकम सहयोग गरेको हो ।
मालि परिवारमा आईपरेको मानविय त्रासदीको वेला वडाध्यक्ष झाले क्रिया खर्च एवं शान्ति भोजको लागि उक्त रकम दिई सहयोग गरेको उनले बताए । साथै मृतक मालि परिवार प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै आउदो समयमा रोजगारीको कुनै उपाय अवलम्बन गराउने प्रतिबद्धता समेत उनले जनाए ।

सम्बन्धित समाचार