एलआईसी नेपाल लिमिटेडको उच्च पदस्थ पदाधिकारीको मिलोमतोमा बिना प्रमाण एवं बिना सहमतीको हजारौं हजार नक्कली बिमा लेख जारी, सम्बध निकाय मुकदर्शक

245 Shares
रौतहट, ३ असोज । एलआईसी नेपाल लिमिटेड नम्वर वन बन्ने होडमा सन् २०२० मा कर्पोरेशनका केही उच्च पदस्थ पदाधिकारीहरुको निर्देशनमा ब्राञ्च मैनेजरहरुले बिना प्रमाण, बिना सहमती र बिना जानकारीकै हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको प्रमाण सहित फेला परेका छन् ।
एलआइसी नेपाल लिमिटेडमा विगतमा गरिएको गैरकानुनी कार्यलाई गत दुई महिना देखि तराई टप अनलाईनमा निरन्तर रुपमा समाचार प्रकाशित गर्दै आइरहदा पनि कम्पनीको उच्च पदस्थ निकाय अनुसन्धान एवं दोषि कर्मचारीलाई कारवाहीको नाममा झारो टार्ने कार्य गरिरहदा सयौं विमा धारीको अस्तित्व संकटमा पर्दै गएका हुन् ।
बिना जानकारी एवं सहमतीको यस्ता हजारौं हजार नक्कली बिमा लेख जारी गरिएको स –प्रमाण फेला परेको छ । यस्ता घटना एलआइसी (नेपाल ) लिमिटेड गौर शाखा लगायत नेपाल भरीका सबै शाखामा भएको कुरा बिशेष सुत्रले जानकारी दिएको हो । बिगत दुई महिना देखि तराई टप अनलाईन देखि लिएर विभिन्न मिडियाको माध्यमबाट एलआइसीको गोरखधन्धा सम्बन्धमा समाचार बाहिरिदै आएपनि सम्बध निकाय वास्ता नगरी मौन रहनुको कारण के हो ? प्रश्न उठ्नु स्वभाविकै रहेको छ ।
त्यति मात्र नभई बिना जानकारी दर्जनौं बिमाधारीको बिमा लेख बाट ऋण थप ऋण बिना कागज प्रक्रिया बिना नै सिधै एलआईसी (नेपाल) लिमिटेड कै नाममा चेक बनाएको सप्रमाण फेला परेकोले पनि कम्पनि किन मौन बसेको होला ? कतै कम्पनीकै उच्च पदस्थ पदाधिकारीको संलग्नता रहेको छ छ्रैन प्रश्न उब्जीएको छ ।
यति मात्र नभई सयै जनाको बिमा लेख बाट नया बिमा लेख जारी गर्न ऋण लिन लगाई कानुन बिपरित एलआईसी नेपाल लिमिटेडको नाममा सहमति लिई सत प्रतिसत रकम अभिकर्ता र कम्पनिको मिलोमतमा चलाएको सयौं प्रमाण फेला परेको छ । यस्ता घटना बाहिर आउदा पनि सम्बध निकाय मौन बस्नु, समाधानको बाटो निकालनको साटो  केहि उच्च पदाधिकारीले निर्देशन दिदै डराउने, धम्काउने, काम झन्झटिलो बनाउने , सामाजिक सदभावमा खलल पुर्याएर मुख्य मुद्दालाई ओझेलमा पर्ने बाहेक रकम को आडमा कानुन, अदालतलाई हाल सम्मै चुनैती दिदै सफल रहेकाले सोहि मनसाय बाट प्रेरित भई कम्पनि, बिमाधारी, एजेन्ट सबैलाई नोक्सान र मांन सम्मानमा चोट पुग्ने गरि केहि उच्च पदाधिकारी गम्भीर षड्यन्त्रमा रात दिन लागिपरेको अभिकर्ता एवं एजेन्ट सत्येन्द्र पाण्डेले आक्रोश व्यक्त गरे ।
गम्भीर गल्ति लाई सच्याउन बाटो नपाएकै कारण कम्पनिका केहि उच्च पदाधिकारी मौन रही यी गल्तिलाई करमचारीकै जिम्मा लिन दबाब दिनु बाहेक हल्का दिनमा कुनै बाटो ठम्याउन न सकेकै कारण बिमाधरिहरु अन्यौलमा परेर संचारमाध्यमहरुको शरण जान बाध्य भएका छौं, अहिले हामीलाई निल्नु न अकोल्नु भएको छ । कम्पनीद्धारा नै हामीलाई उठिबास बनाउने कार्य भईरहदा बाध्य भई सम्बध निकायहरुलाई गुहार्न बाध्य भएका छौं पाण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।