शाहरुख खानको पठान पछि जवान ले भारतीय बक्स अफिस माथि इतिहास रच्यो

धेरै लामो समयको विश्राम पछि शाहरुख खानको “पठान” संगैको पुनरागमनले भारतीय बक्स अफिसमा इतिहास रचेका छन् ।
चार वर्षको लामो ब्रेकपछि ‘पठान’ सँगै शाहरुख खानको “जवान” ले इतिहास रचेका हुन् । पहिला ‘पठान’ र अब ‘जवान’, दुवै फिल्मले बक्स अफिसमा बम्पर कमाइ गरेका छन् । ‘पठान’ बक्स अफिसमा हिन्दी फिल्मको लागि सर्वकालिन ब्लकबस्टर बनेको छ भने हालै रिलिज भएको ‘जवान’ ले पनि बक्स अफिसमा कमाईका सबै रेकर्ड तोड्दै आएको छ ।
भारतीय बक्स अफिसमा अहिलेसम्म ४४२.७३ करोड भारु कमाएको ‘जवान’ ले विश्वब्यापी जवान ७०० करोड भारु भन्दा बढीको व्यापार गरेको छ । शाहरुख सहित, नयनतारा र विजय सेतुपति अभिनित र एट्ली निर्देशित ‘जवान’ फिल्म बक्स अफिसमा ब्लकबस्टर भएको छ । ‘पठान’ र ‘जवान’ को सफलतापछि शाहरुख एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् ।
सन् २०२३ मा ‘पठान’ र ‘जवान’ जस्ता एकपछि अर्को दुई ठूला ब्लकबस्टर फिल्म दिने शाहरुख खान बलिउडको बादशाह हुन् । एक वर्षमा शाहरुखले आफ्ना दुई फिल्मबाट १ हजार करोड भारु भन्दा बढी कलेक्सन गरेका छन् ।
‘पठान’ ले जम्मा ५४३.०५ करोड भारु र ‘जवान’ ले मात्र ३ दिनमा २०० करोड भारुको आँकडा पार गर्न सक्यो । ‘जवान’ ले दोस्रो साता पछि ४७९.९९ करोड भारु कमाउन सफल भएको छ ।