रौतहट, ३ असोज । संबिधान दिवस २०८० को उपलक्ष्यमा नेपाली काँग्रेस चन्द्रपुरद्वारा अन्तरक्रिया कार्यक्रम गरेर भव्यताका साथ मनाएका छन् ।
नेपाली काग्रेस चन्द्रपुर नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका युवा नेता एवं निर्वाचन क्षेत्र नम्वर ४ का संघिय साँसद देवप्रसाद तिमल्सिनाले सबैको साझा र सवैको उत्तरदायीत्व बोध हुने गरी संविधानको अक्षरशः पालना गर्नुपर्ने बताए ।
२०७२ सालमा निर्माण भएको संघिय लोकतान्त्रिक गणतन्त्रिक संविधानले हरेक नेपालीलाई हक अधिकार सुनिश्चित गरेको हुँदा यसलाई विरोधाभाष नगरी सबैको आफनो संविधान भएको महसुस गर्नुपर्ने भन्दै संविधान दिवसको शुभकामना दिए ।
नेपाली काग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेश गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेका स्थानीय नेताहरूको सहभागीता रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट