इमरान खान माथि मे ९ मा भएको हिंसाको ’मास्टरमाइन्ड’ को लागि ’आपराधिक षड्यन्त्र’ को आरोप

   ४ आश्विन २०८०, बिहीबार ०८:४०  

लाहोर, एजेन्सी । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानलाई सेनाको प्रतिष्ठानमा भएको आक्रमणको “मास्टरमाइन्ड“ र जनतालाई विद्रोह गर्न उक्साएको आरोपमा “आपराधिक षड्यन्त्र“ को आरोप लगाइएको छ ।
उक्त आरोपमा पूर्व प्रधानमन्त्री खानलाई मृत्युदण्डको अधिकतम सजाय दिन सक्ने पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीले बुधबार भने ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानलाई मे ९ मा भ्रष्टाचारको मुद्दामा अर्धसैनिक रेंजर्सले गिरफ्तार गरेपछि पाकिस्तानमा ठूलो राष्ट्रव्यापी सरकार विरोधी प्रदर्शन भएको थियो । खान, ७० दिनपछि जमानतमा रिहा भएका थिए ।
दंगाका क्रममा रावलपिण्डी स्थित सैन्य मुख्यालय लगायत दर्जनौं सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा क्षति पुगेको वा आगजनी गरिएको थियो । प्रहरी र अन्य सुरक्षा निकायका सयभन्दा बढी गाडीमा आगजनी गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै