रौतहट, ४ असोज । विद्यालय शिक्षा विधेयकलाई लिएर विहिवार दोश्रो दिन शिक्षकहरुले संघिय राजधानीमा प्रदर्शनलाई जारी राखेका छन् ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राख्दा काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेका हुन् ।
काठमाडौँको माइतीघर तथा बानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा होमिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलन भइरहेको छ । बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेल सम्म जारी रहने बताइएको छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग रहेका छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।
शिक्षक आन्दोलनको तस्वीर फिचर