नयाँ हाकिमहरु आउदा यस्ता कार्यहरु चलिरहन्छ, विस्तारै विस्तारै सबै सेटिंग मिलेपछि बरामद कार्यहरु बन्द हुने गर्दछ श्रोतको दाबी ?
रौतहट, ४ असोज । रौतहट सदरमुकाम गौर देखि पश्चिमी भेगको भारत संग जोडिएका सिमानाकाहरुबाट तस्करी कति संख्यामा भईरहेको छ सोको यथार्थ नेपाल प्रहरीले बरामद गरेको सामानबाट पुष्टि भएका छन् ।
लाल बकैया पश्चिम बन्जरहा, औरैया, रामपुरखापको लतमरी, मठिया, महुलिया, नरकटिया, बंकुल भएर भित्रिएका सामानहरुलाई नेपाल प्रहरीले ठूलो परिमाणमा मानिस सहित नियन्त्रणमा लिएपछि तस्करी कतिको संख्यामा भईरहेको सोको पुष्टि गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त तथ्याँक अनुसार भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सर समानहरुमा आलु, प्याज, चिनी, माछा, सुर्ति, कस्तुरी रक्सी सहित ६ जना तस्करी गरिरहेका भरिया, मोटरसाइकल ७ थान र पिकअप एक थान बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामानहरुको अन्दाजी २५ लाख मूल्यबरको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए । बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयका जिम्मा लगाइएको उनले भने ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको गस्ती टोलीले एक पटकमा यत्रो मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिनुबाट यस जिल्लाको पश्चिमि भेग भएर ठूलो परिमाणमा तस्करी भईरहेको श्रोतले बताउँछन् । सीमा क्षेत्रमा खटिएका प्रहरी एवं सुरक्षा युनिटहरुको मिलोमतोमा तस्करी कार्य मौलाउदै गएको बताए ।
श्रोतका अनुसार हालै केही दिन अघि सरुवा भएर आउनु भएका नेपाल प्रहरीका एसपीले सुरु सुरुमा मालसामानहरु समात्ने कार्य गरिरहेको भएपनि विस्तारै सबै सेटिंग मिलेपछि कहिले काँही कम मूल्यका सामानहरु मात्रै समातिने छ ।
गत दुई साता देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी निरन्तर रुपमा भन्सार छलीका सामानहरु समात्ने कार्यलाई तिव्रता दिएका छन् । उक्त कार्य निरन्तरता हुन निकै चुनौतीपूर्ण रहेको श्रोतले दाबी गरे ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन