भारत संग सिमा जोडिएका मध्य तराईका जिल्लाहरुमा तस्करी कार्य मौलाउदै

1224 Shares

रौतहट, २१ असोज । भारत संग सिमा जोडिएको मध्य तराईको जिल्लाहरुमा सिमा वारपारको तस्करी कार्य फस्टाउदै गएको छ, उक्त नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्करी कार्यले तिव्रता पाएका छन् ।
प्रदेश नम्वर २ अन्तर्गत पर्ने मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी सहितका जिल्लाहरुको सिमावर्ती चोर नाकाबाट सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्कारीले तिव्रता पाएको स्थानीय बासिन्दाहरुकले गुनासो गरेका छन् ।
सरकारले कोरोनाभाइरस नियनत्रण तथा रोकथामका लागि भारत सँग जोडिएका सम्पूर्ण सिमा नाकाहरु सिल गरेको भएपनि सुरक्षाकर्मीको सेटिंगमा तस्करी कार्य मौलाएको मौलाएको हो । बाराको महागढीमाई नगरपालिकामा पर्ने इनर्वा, ब्रह्मपुरी र स्वर्ण गाउँपालिका क्षेत्रसँग जोडिएका सिमावर्ती क्षेत्रमा अवैध बाटोप्रयोग गर्दै दैनिक लाखौँको तस्करी भइरहेको छ । तस्करहरुले प्रहरीको सहयोगमा दैनिक राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयर लगायतका सामग्री नेपाल भित्र्याइरहेका छन् ।
त्यसतै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धनलगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ । सिमा नाकाबाट हुने तस्करीमा इलाका प्रहरी कार्यालय कवही, तेलकुवा प्रहरी चौकी, चरमोहना प्रहरी चौकी, सशस्त्र क्याम्प मंझरीया, बरियापुर प्रहरी चौकी, गञ्जभवानी प्रहरी चौकीलगायतको सशस्त्र तथा नेपाल प्रहरीका युनिटहरुकै संलग्नता रहेको स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेका छन् ।
राजश्व छली गर्दै तस्करहरुसँग विशेष साठगाठ गर्नेमा इलाका प्रहरी कार्यालय कवहीगोठका प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी, प्रहरी चौकी बरियापुरका प्रहरी सहायक निरीक्षक प्रमोद साह, त्यसैगरी गंञ्जभवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बावु साहेब लगायतकाको संलग्नता छ ।
प्रहरी युनिट तथा सशस्त्र प्रहरी क्याम्प मंझरीया तथा बरियापुरमा रहेको सशस्त्र प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैँया तस्कर सँग असुली गरिरहेका छन् । मोटो रकम बुझेका कारण तस्करहरुले साइकल देखि ट्रयाकटर र पिकअप भ्यानसम्म प्रयोग गरेर सामान ओसार पोसार गर्ने गरेका छन् ।
प्रहरीले प्रति साइकल दुई हजार मासिक बुझ्ने गरेको स्थानीय बताउँछन् । त्यस्तै मोटरसाइकल तथा चारपांग्रे गाडीहरुसँग पाँच हजारदेखि ५० हजार मासिकसम्म प्रहरीले पाउने गरेको स्रोतको दावी छ ।
दशै पर्वहरु नजिकिँदै जाँदा सिमा क्षेत्रमा तस्करहरु थप सक्रिया भएका छन् । सिमा नाकाहरुमा सुरक्षा बन्दोबस्ती राम्रो नहुँदा बाराका ग्रामिण क्षेत्रमा अपराधका घट्ना समेत बढेको गुनासो आउने गरेको छ । तस्करी बारे भने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी अधिकृतहरु अनिवीज्ञ रहेका प्रतिक्रिया दिने गरेका छन् ।
यसैगरी रौतहटको बंकुल, कोपवा, रामपुर खाप, मठिया, लतमरी, महादेवपटि, लक्ष्मिपुरबेलविछवा, ब्रम्हपुरी, टिकुलिया लगायतका चोर नाकाबाट दैनिक लाखौको भन्सार छलीको सामानहरु नेपाल भित्रिदा नेपाल सरकारलाई लाखौ राजश्व घाटा बेहोर्नु परेको श्रोतको दाबी छ । सर्लाहीको बलरा, लक्ष्मिपुर, बहादुरपुर, सहितको महोत्तरीको बथनाहा, मधवा, भिठामोड, लगायतको सिमावर्ती क्षेत्रबाट अबैध सामानहरु तस्करी भएर आईरहदा सम्बन्धित निकायले समयमै ध्यान दिई त्यस्ता कारोबार माथि अंकुश लगाउनुपर्ने नितान्त आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार