अपराध बढेपनि संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरमा ल्याई नियन्त्रणको प्रयास सराहनीय ः नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाहको दाबी

   ८ श्रावण २०७८, शुक्रबार १६:५४  

तराई टप संवाददाता
रौतहट, ८ साउन । रौतहट जिल्लामा विभिन्न प्रकृतिको अपराधको संख्या विगत बर्षको तुल्नामा २.४८ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा शुक्रवार गौरमा आयोजित पत्रकार सम्मेलन मार्फत गत आर्थिक बर्ष २०७७÷०७८ मा विभिन्न प्रकृतिको अपराधको संख्यामा २.४८ प्रतिशतले वृद्धि भएको सार्वजनिक गरिएको तथ्याँकबाट पुष्टि गरिएको हो ।
बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले कत्र्तव्य ज्यान, ज्यान मार्ने उद्योग, ज्यान सम्बन्धी कसुर, भवितव्य ज्यान, फुटकर ज्यान, बिष सेवन गरी आत्महत्या, झुण्डिएर आत्महत्या, चोरी, लागु औषध, हातहतियार खर खजाना, जुवा, ठगी, अभद्र व्यवहार, बहु विवाह, बाल विवाह, जबरजस्ती करणी, जवरजस्ती करण उद्योग, बाल यौन दुव्र्यवहार, जबरजस्ती करणी सम्बन्धी अपराधिक षड्यन्त्र र अपराधिक लाभ, मानव वेचविखन ओसार पसार, सवारी ज्यान तथा नागरिकता गरेर ७०१ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको बताए ।


जसमध्ये ४२४ मुद्दालाई फर्छर्यौट गरी कानुनी कारवाही गरिदै २७७ वटा मुद्दा फर्छयौट नभई चालु आर्थिक बर्षमा सारिएको स्पष्ट पारे । आर्थिक बर्ष २०७६÷०७७ को तुल्नात्मक अवस्थामा २०७७÷०७८ मा २.४८ प्रतिशतबाट अपराधिक घटनामा वृद्धि भएको जानकारी उनले दिए । कोभिडको कारण वेरोजगार भई मानसिक तनाव खेपेकाहरु विष सेवन गरेर ३० र झुण्डिएर ९४ गरी १२४ जनाले आत्महत्या गरेको उनले भने ।
बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एसपी शाहले आफू चुनौतीको समयमा रौतहट जिल्लाको जिम्मेवारी पाउदा निकै कठिन अवस्थाबाट गुज्रिएर चर्चाको शिखरमा रहेका निरन्जन राम हत्याकाण्ड, हनुमान मन्दीरको पुजारी श्रीराम साह हत्याकाण्ड, मिन्त्रा देवी हत्याकाण्ड, महेश तिवारी र जगरनिया देवी तिवारी काण्ड, सन्झा कुमारी र अमृताकुमारी साह हत्याकाण्डको गुत्थी सुल्झाएर उक्त घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पोलिग्राफ लगायतको विभिन्न विधिद्धारा सफल अनुसन्धान पश्चात आरोपितहरुलाई पुर्पक्षका लागि कारागार चलान गराउदा आफूले पाएको दायित्व पूर्ण इमान्दारीका साथ निर्वाह गर्न सफल भएकोमा रौतहट प्रहरी परिवार प्रति आधार व्यक्त गरे ।
त्यती मात्रै नभई कोभिडको वेला सिमापारी भारतबाट चोरी तस्करी गर्नेहरु माथि सुक्ष्म निगरानी राख्दै बर्षभरीमा ४ करोड ३ लाख ८८ हजार ७५० रुपैया मूल्य बराबरको मालसामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको बताए । हुण्डि कारोवारमा संलग्न रहेको आशंकामा श्रोत नखुलेको १ करोड १७ लाख ८६ हजार २० रुपैया बरामद गरिएको छ जुन पछिल्लो बर्षको तुल्नामा ७३.५४ प्रतिशतले वृद्धि भएको स्पष्ट पारे । ४ वटा अबैध हतियार सहित ३ जना मानिसलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याएको । विभिन्न स्थानहरुमा झै झगडा एवं भिड नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र रबर गोली गरी १४१ थान प्रहर र प्रहरी तर्फ २४ र सर्वसाधारण तर्फ ५ जना घाईते भई अवस्थालाई नियन्त्रणमा लिइएको उल्लेख गरे ।
समग्र अवस्थामा घटनाहरुको प्रकृति हेर्दा पछिल्लो बर्षको दाँजोमा वेढेपनि त्यसका अभियुक्तहरुलाई सफल अनुसन्धान पश्चात कानुनी दायरमा ल्याउनमा नेपाल प्रहरीको विभिन्न युनिट, सर्वसाधारण, नागरिक समाजले देखाएको कारण अपराध रेट बढेपनि निरुत्साहित गर्ने कार्य धेरै नियन्त्रणमा आएको हुँदा चालु आथिर्क बर्षमा पनि जनताहरुको साथ भएमा रौतहटबाट अपराधलाई धेरै हद सम्म नियन्त्रण गर्ने एसपी शाहले प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै