राधेश्याम कुशवाहा
बलरा (सर्लाही), ५ असोज । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
बलरा नगरपालिका वडा नम्वर १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा १ सय भन्दा बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको हो ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि जनमत पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचन यादवले फुलमाला र अबिर लगाएर स्वागत गरे । जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत संगठन विस्तार, पुनरगठन तथा पार्टी प्रवेश सहितको सदस्यता वितरण कार्यक्रम जिल्लाका २० वटा स्थानीय तहका ११० वडामा सम्पन्न भएको र ९० वटा वडामा कार्यक्रम बाँकी रहेको जनमत पार्टीले जनाएको छ ।
हालसम्म यो अभियान अन्तर्गत ११० वडामा १२ हजार ३७५ जना जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीको जिल्ला कमिटीको तथ्यांकमा उल्लेख छ । यो अभियान जेठ २३ गते देखी बलरा नगरपालिका ११ बाट सुरु गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचनले यादव जिल्लामा जनमत पार्टीको संगठन विस्तार, पुनर गठन तथा पार्टी प्रवेश कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागीता रहेकोमा खुशी व्यक्त गरे । उनले मधेस र मधेसीको पहिचान सहितको समानुपातिक समावेशी, राष्ट्रियता तथा मधेस मुक्तिका लागि जनमत पार्टीको विकल्प नरेहो उहाँले दाबी गरे ।
कार्यक्रम सन्चालन प्रदेश कमिटी सदस्य तथा वरिष्ठ मण्डल जिल्ला सल्लाहकार नन्दकिशोर महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई गुड्डु पटेलले सन्चालन गरेको थियो । कार्यक्रममा केन्द्रिय सदस्य सन्जय कुमार सिंह, क्षेत्र न.४ प्रतिनिधि सभा प्रत्याशी हरिन्न्दन यादव, महिला नेतृ आरति साह, पार्टीका नेता पार्टी कार्यकर्ता सहित २५ सय भन्दा बढी व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनायो ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट