भन्सार छलीका एलइडी घडी र एलइडी लाइट सशस्त्र प्रहरीद्धारा बरामद

105 Shares
रौतहट, ६ असोज । सीमा क्षेत्रबाट हुने चोरी निकासी कार्य माथि सुक्ष्म निगरानी राख्ने क्रममा पनि नेपाल भित्रिएको लाखौं मूल्य बराबरको भन्सार छलीका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट खटिएको टोलीले गौरबाट चन्द्रपुर तर्फ गइरहेका प्रदेश ३–०३००१ ख ०१२३ र प्रदेश २–०१००६ ख ५४३४ नम्वरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा एलइडी घडी ३६५५ थान र एलइडी लाइट ४९० थान बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक माधव रेग्मीले जानकारी दिए ।
एसपी रेग्मीका अनुसार विशेष सुराकीको आधारमा उक्त दुबै यात्रुबाहक बसलाई चेकजाँच गर्न सशस्त्र सुरक्षा बेस क्याम्प सन्तपुरबाट खटिइको टोलीले ७ लाख ८० हजार मूल्य बराबरको एलइडी घडी र एलइडी लाइट बरामद गरियो ।
बरामद गरिएको एलइडी घडी र एलइडी लाइटलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणले जानकारी दिए ।
बोआइलर कुखुरा नष्ट
यसैगरी परोहा नगरपालिका वडा नम्वर ४ बसन्तपटीमा सीमापारी भारत पाँच वटा साइकलमा ल्याउदै गरेका ११७ थान १७५ किलोग्राम बोआइलर कुखुरा सशस्त्र प्रहरीले शनिवार दिउसो बरामद गरेको छ । सशस्त्र प्रहरीलाई देख्ना साथ साइकल छाडेर तस्करीमा संलग्न व्यक्तिहरु भाग्न सफल भएपछि उक्त बोआइलर कुखुरा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटबाट बुझिएको छ ।
बरामद कुखुरालाई स्थानीय भद्र भलादमीको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको जानकारी दिदै एसपी रेग्मीले नष्ट गरिएको कुखुराको मुल्य अन्दाजी ६१ हजार बराबरको रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।