तराई टप संवाददाता
रौतहट, ८ साउन । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोभिड १९ महामारीको विचमा जनतालाई प्रवाह गर्ने सेवा सुविधाहरु निर्वाध रुपमा प्रदान गर्दै जिल्लामा आईपरेका विपदहरुलाई निर्भिकताका साथ पुरा गरिएको बताए ।
कोभिड १९ को चुनौतीलाई गृहको निर्देशन अनुसार स्थानीय तहहरुको समन्वयमा पिसिआर ल्याव देखि लिएर आइसुलेशन वार्ड सम्म तयार गराएर यहाँका जनताहरुलाई दिइनुपर्ने जरुरी सेवा समेत प्रवाह गरिए । बर्षा, बाढी, कटान, सिमा, वन, नामसारी भएको जग्गा फिर्ता, लगायतका अति आवश्यक कार्यहरुलाई निर्भिकताको साथ आफनो दायित्व निर्वाह गर्दै पुरा गराएको स्पष्ट पारे ।
असोज देखि चैत सम्ममा १० हजार भन्दा बढि नेपाली नागरिकले नागरिकता पाएको, साढे पाँच हजारले प्रतिलिपि लिएको, ६७ सय भन्दा बढिले राष्ट्रिय परिचय पत्रको अभिलेख दर्ता गराएको, २९४७ जनाले राहदानी पाएको, बजार व्यवस्थापन, खोला अनुगमन, क्रशर अनुगमन, वन अनुगमन, कोभिड बैठक लगायतका कार्यहरु सम्पन्न गरेको बताए । वेटी रोटीको सम्बन्धलाई दृष्टिगत गर्दै सिमा बन्द भएपनि सम्बन्ध विस्तारको लागि विभिन्न माध्यमबाट आवतजावतको प्रवन्ध मिलाएर जनताहरुलाई सेवा सुविधा प्रदान गरियो ।
भारतद्धारा सिमामा बनाइएको बाँधहरुमा रहेका सुलिश गेटहरुलाई खोल्नका निमित्त काउण्टर पार्टसका पदाधिकारीहरु संग छलफल गरेर खुलाउने प्रयास गरिएको, सिमा मिचेर बनाइएको बाँधलाई हटाउन प्रयासरत रहेको, जिल्लामा संचालित भारतीय नम्वरको सवारी साधनलाई व्यवस्थित बनाउन गृह कार्य भईरहेको लगायतका थुप्रै चुनौतीहरुलाई समाधन गरी यहाँका जनताहरुलाई राहत प्रदान गर्न आफू कटिबद्ध रहेको जानकारी दिए ।