पर्सा, ७ असोज । पर्सा सदरमुकाम वीरगञ्जमा आईतवार सर्वपक्षिय बैठकबाट सबै धर्म बीच आपसी सदभावमा खलल पुग्न गरी कुनै कार्य नगर्न सहमती भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति भएको हो । सहमति पत्रमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवाहरु लगायतकाले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका छन् ।
बैठकले वीरगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एवं सामुदायिक प्रकारका रयाली, जुलुस, प्रदर्शन र बन्द हडतालको कार्यक्रम वा अवाञ्छित गतिविधि कुनै पनि समुदाय र संघसंस्थाले नगर्ने सहमति भएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाह, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्मा, नेकपा एकीकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ, नेता शशी कपुर मियाँ, हिन्दुवादी नेता रञ्जित साह, ओमप्रकाश गुप्ता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागिता थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन