चिनियाँ राष्ट्रपति भएपछि पहिलो पटक तिब्बत आएर सि जिनपिंग

   ८ श्रावण २०७८, शुक्रबार १७:४०  

रौतहट, ८ साउन । चिनियाँ राष्ट्रपति पहिलो पटक चिनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेको समाचार एजेन्सीहरुले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिंग पद सम्हालेपछि पहिलो पटक बुधवार तिब्बत आएका थिए । चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार राष्ट्रपति सि विमानबाट न्यिंगची शहरमा और्लिएर रेल चढी ल्हासा सम्म आएको बताइएको छ । त्यो रेल सेवा केही समय अघि मात्रै संचालनमा आएका छन् । निर्माण सकिएपछि त्यो रेल सेवाले तिब्बतलाई सिचुवान प्रान्त संग जोड्ने छ ।
भ्रमणको क्रममा सि तिब्बतको धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको अबलोकन गर्दै दक्षिण एसियाली मुलुक संग सिमा जोडिएको तिब्बत चिनका लािग रणनीतिक अस्त्रको रुपमा निकै महत्व राख्दछ । गत बर्ष भारतको लद्दाख संग सिमा जोडिएको इोत्रमा चिन र भारतका सेना विच झड्प हुँदा दुवै तर्फ हताहत भएको थियो ।
यसअघि सन् २०११ मा सीले तिब्बतको भ्रमण गरेका थिए । जतिबेला उनी चीनको उपराष्ट्रपति थिए । १९५० मा चिनियाँ सेना तिब्बत आएका थिए । त्यसयता चीनले तिब्बतमा आफ्ना सेनाको उपस्थिति बढाउँदै लगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै