सर्लाही, ७ असोज । सर्लाही सदरमुकाम मलंगवामा विगत चार दिन देखि लाग्दै आएको कर्फयु सोमवार दिउसोबाट हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा आज विहान बसेको सर्वपक्षिय, सर्वदलिय बैठकमा अवस्था साम्य बन्दै गएको तथा अराजक तत्वलाई दुबै पक्षबाट निरुत्साहित गर्ने शर्तमा दिउसोबाट कर्फयु स्थानीय प्रशासनले हटाएको हो ।
दिउसो कर्फयु हटाइएपनि सम्बेदनशिल अवस्थालाई मध्यनजर रान्दै राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । सर्वसाधारणको सुरक्षामा पर्न सकने सम्भावित जोखिमको मध्यनजर गर्दे साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टॉस्न पूर्ण रुपमा निषेध गरिएको छ ।
असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फयू लगाएको थियो ।
सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्नें खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिला अधिकारी ईन्द्रदेव यादवले तराई टप संग कुरा गर्दै भने । हल्लाको पछि नलाग्न सचेत गराउने र सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुल्ञामुडा प्रहार, उच्छूड़खल गतिविधि लगायतका विरोध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्नें खालका घटना घटाउने एवं घटनमा संलग्न जो कोहीलाई कडा भन्दा कडा कारवाही हुने चेतावनी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन