टि–२० क्रिकेटको इतिहासमा नेपालले रेकर्डको पहाडहरु खडा गरे

80 Shares

 

एसियाली खेलकुदमा बुधबार मङ्गोलियालाई २७३ रनले पराजित गर्दै नेपालले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो । जवाफमा मङ्गोलिया १३.१ ओभरमा ४१ रनमा अलआउट भयो । यसअघि सबैभन्दा ठूलो जितको कीर्तिमान चेक रिपब्लिकको नाममा थियो । सन् २०१९ मा टर्कीलाई २५७ रनले जितेको थियो ।
नेपालका दीपेन्द्र सिंहले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने भारतीय ब्याट्सम्यान युवराज सिंहको विश्व कीर्तिमान पनि तोडेका छन् । दीपेन्द्रले चीनको हाङ्जाओमा जारी एसियाली खेलकुद पुरुष क्रिकेटमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
उनले आफ्नो पारीमा खेलेको कुल १० बल मा ८ छक्काको मद्दतले ५२ रन बनाए । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । सोही खेलमा युवराजले स्टुअर्ट ब्रोडको एक ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।
नेपाली टोली र खेलाडीले बनाए ६ कीर्तिमान…
पहिलो

 

दोश्रो किर्तिमान


तेस्रो कीर्तिमानः कुशल मल्लले बनाए सबैभन्दा छिटो शतक


तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले ३४ बलमा शतक बनाउदै विश्वकिर्तिमानलाई ध्वस्त बनाए । यो टि–२० अन्तरराष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक हो ।
यसअघि यो कीर्तिमान डेभिड मिलर र रोहित शर्माको नाममा संयुक्त रुपमा रहेको थियो । दुवै ब्याट्सम्यानले टी–२० मा ३५ बलमा शतक बनाउने कीर्तिमान बनाएका थिए ।
मल्लले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रनको इनिङ खेले ।
चौथो कीर्तिमानः नेपालले पनि बनायो सबैभन्दा ठूलो टिम स्कोर
यो खेलमा नेपालले टी–२० अन्तरराष्ट्रियमा सबैभन्दा ठूलो टिम स्कोरको विश्व कीर्तिमान पनि तोडेको छ । नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो । यसअघिको विश्व कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ मा आयरल्यान्डविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७८ रन बनाएको थियो । नेपालले ३१४ रन बनाएर रेकर्डको पहाड खडा गरे ।
पाँचौं कीर्तिमानः एक पारीमा सबैभन्दा बढी छक्का


नेपालको इनिङ्सका क्रममा ब्याट्सम्यानले २६ छक्का प्रहार गरे जुन एउटै पुरुष टी–२० अन्तरराष्ट्रिय इनिङ्सको नयाँ रेकर्ड बनायो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्याण्डविरुद्ध २२ छक्का प्रहार गरेको थियो ।
छैटौं रेकर्डः ३०० भन्दा बढिको स्कोर
नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको छ । जुन यसअघि कुनै पनि टोलीले टी–२० अन्तरराष्ट्रियमा ३००+ रन बनाएका थिएनन् । यसअघि टी–२० अन्तरराष्ट्रिय क्रिकेटको इतिहासमा कीर्तिमान अफगानिस्तानको नाममा थियो, जसले आयरल्याण्डविरुद्ध देहरादुनमा २७८ रन बनाएका थिए ।
प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ
सबै क्रिकेट खेल झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डको मैदानमा खेलाइनेछ । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता टी–२० फर्म्याटमा खेलाइँदैछ ।
जुन १, २०२३ सम्मको आईसीसी वरीयतामा एसियाका शीर्ष चार टोलीले सिधै क्वाटरफाइनल प्रवेश पाएका छन् । यो समयसीमा अनुसार अन्य टोलीको वरियता र खेल पनि तय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।