बिगबोस सिजन १७ असोज २८ गते देखि प्रसारण हुँदै

   अशोज १०, २०८०  
105 Shares

भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’ को १७ औं सिजन असोज २८ गते देखि प्रसारण हुँदैछ ।
बलिउड अभिनेता सलमान खानले होस्ट गर्ने यो टिभी शो लाई लिएर दर्शक माझ उत्साह बढेको हो । कलर्स टेलिभिजनले टिजर सार्वजनिक गर्दै नयाँ सिजनको घोषणा गरेको छ । यस संस्करणको थिम राखिएको छ, ‘यसपटक गेम हुने छैन, सबैको लागि बराबर हुनेछ ।’
बिगबोसको ओटीटी सिजन २ प्रसारण सकिएको केही महिनामै टेलिभिजन संस्करण आउन लागेका छन् । नयाँ टिजरमा सलमानको नयाँ अवतार पनि प्रस्तुत गरिएको छ । उनको छोटो कपालको लुक्स फ्यान माझ चर्चाको विषय बनेको छ ।
शो सुरु नहुँदै भारतीय सञ्चारमाध्यमले नयाँ सिजनमा सहभागी हुने प्रतिस्पर्धीको नाम बाहिर ल्याएका छन् । जसमा इशा माल्विया, सफाख नाज, अंकिता लोखण्डे र उनका पति विकी जैन, हर्ष बेनवाल, ऐश्वर्या शर्मा र नील भाट, सचिन मीना र सीमा हैदर, वेविका धुर्वे, सन्दीप शिखन्ड, अन्जुम फेख, अरजित तनेजा, अवेज दरबार, अन्जली अरोरा र मुनावर फारुखलाई रहेको जनाइएको छ ।
यो टिभी शो भारतमा मात्र नभएर नेपालमा समेत चर्चित छ । बिगबोस ओटीटीको सिजन २ लाई जियो सिनेमा एपमा २३ मिलियन दर्शकले हेरेको र यो विश्वमै उच्च संख्या रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै