टोकियो ओलम्पिकको महाकुम्भ शुक्रवार देखि सुरु

कोरोना महामारीको बढ्दो संक्रमणका विच शुक्रवार देखि ओलम्पिक खेल जापानको राजधानी टोकियोमा सुरु भएको छ ।
विश्व खेलकुदको कुम्भ मेलाको रुपमा प्रख्यात रहेका ओलम्पिकको ३२ औं संस्करण गृष्मकालिन अर्थात टोकियो ओलम्पिकका केही खेलहरु दुई दिन अघि देखि नै सुरु भएपनि उदघाटन समारोह आज भएको हो ।
२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ । ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो ।