मलंगवा घटनामा घाइते युवक यादवको उपचार निशुल्क गर्नः केस चौरसियाको माग

62 Shares

पर्सा, १० असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले मलंगवा घटनामा छुरा प्रहारबाट गम्भीर घाइते रहेका युवकको राज्यबाट निशुल्क उपचारको व्यवस्थापन गर्नुपर्ने बताए ।
सर्लाही सदरमुकाम मलंगवामा गत बिहीबार भगवान् गणेशको मूर्ति सेलाउने क्रममा दुई समुदायका बीच भएको झडपमा छुरा प्रहारबाट घाइते भएका रुपेश यादवको राज्यले उपचार खर्च दिनुपर्ने बताउदै उनको अहिले वीरगञ्ज स्थित मेडीसिटि वयोधा अस्पतालमा उपचार भईरहेको हो ।
यसका साथै चौरसियाले देशका विभिन्न स्थानमा डाक्टरहरूमाथि भइरहेको आक्रमण घटनाका दोषीलाई पनि कारबाही गर्न पनि मन्त्री बस्नेतसँग आग्रह गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार