सर्लाहीको बलरा र मधुबनीको चोर नाकाहरुबाट ठूलो परिमाणमा तस्करी हुँदै, सम्बध निकाय चुर्लुम्म

103 Shares

बलरा (सर्लाही), १० असोज । चाँडपर्व सुरु हुनु अगाबै सर्लाही जिल्लाको विभिन्न सिमानाकाहरुबाट भन्सार छलीका ठूलो परिमाणमा सामानहरु भित्रने क्रम जारी रहेका छन् ।
खास गरेर सर्लाहीको बलरा नगरपालिका स्थित लक्ष्मपुर, उकास, सिरकट्टा नाका भएर दिन रात तस्करीमा संलग्न रहेका कारोवारीहरुले भन्सार छलेर लाखौंलाखको सामानहरु नेपाल भित्रयाउने क्रम जारी राखेका हुन् ।
सिमापारी भारतबाट नेपाल भित्रिने भन्सार छलीका सामानहरु ल्याउनमा नाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले मासिक रुपमा रकम लिएर निर्वाध रुपमा अबैध सामानहरुको ढुवानी गर्न लाइन संचालन गरेको श्रोतले बतायो ।
लक्ष्मीपुर हुँदै बलरा नाकाबाट अबैध सामानहरु भित्रयाउने कार्यमा संलग्न तस्कर बरहथवाका कपडा व्यापारी श्याम साह, बलरा ३ का सरोज यादव र बलरा ९ अचलगढका मनोज यादवले दैनिक रुपमा २० देखि २५ थान भैंसी रागाहरु ट्रकमा राखेर बरहथवा हुँदै काठमाडौं सम्म पुर्याउने गरेका छन् । दैनिक ५ वटा मोटरसाइकलमा मदिरा भारत तर्फ पठाउने गरेको छ । जुन राति ११ देखि ३ बजेको बिचमा लक्ष्मीपुर उकास भएर लैजाने गरेको श्रोतले बतायो ।
रामनगर गाउँपालिका ३ का बुढु यादवले रजनीगन्धा पाटाका भारतबाट नेपाल ल्याउने गरेको छ । यादवले असार देखि भदौं सम्म पाटाका र त्यसपछि रजनीगन्धा पान मसलाको तस्करी गर्ने गरेको ति श्रोतले बतायो ।


लक्ष्मिपुर उकास र सिरकटा नाका भएर नागेन्द्र महतो र अर्नाहाका श्रवणले दैनिक रुपमा १५ देखि २० ट्रेक्टर गिटी बालुवा नेपालबाट भारत तर्फ निर्वाध रुपमा जाने गरेको छ । किराना सहित खाद्यान्न सामग्रीहरु दैनिक लाखौंको सामानहरु मनोज साह ल्याउने गरेका छन् ।
यस्तै मधुवनी अर्नाहा नाका भएर दैनिक रुपमा लाखौंको कपडा तस्करले ल्याउने गरेको श्रोतले दाबी गर्दै उक्त कार्यहरु गर्न नेपाल र सशस्त्र प्रहरीको घुमुवाको मार्फत सेटिंग मिलाएर अबैध कार्य जारी रहदा नेपाल सरकारको राजस्वमा ह्रास आइरहेको बताए ।
उक्त अबैध कार्य गर्न सशस्त्र प्रहरी सर्लाहीको छतौना बेस क्याम्प, मधुबनी बेस क्याम्प, इलाका प्रहरी कार्यालय बलरा लगायत त्यस रुटका नेपाल र सशस्त्र प्रहरीको सेटिंगमा अबैध कार्य निर्वाध रुपमा जारी रहेका छन् । श्रोतका अनुसार नेपाल प्रहरी सर्लाहीका एसपी तस्करी कार्यलाई निरुत्साहित गर्नमा लागि परेपनि प्रहरीकै सेटिंगमा अबैध कार्य वा भन्सार छलीका सामानहरु निर्वाध रुपमा आउने क्रम जारी रहदा दैनिक लाखौंको राजस्व नेपाल सरकारलाई खेर गइरहेको ति श्रोतले बतायो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको साँठगाँठमा सर्लाहीको बलरा, मधुबनी नाका भएर निर्वाध रुपमा संचालित तस्करी भईरहेको फोटो फिचर

सम्बन्धित समाचार