रौतहट, १० असोज । आम जनता पार्टीद्वारा रौतहटको गढीमाई नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सयौं नेता एवं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका छन् ।
सो पार्टीद्वारा गढीमाई नगरपालिका वडा नम्वर ७ धनाडीमा आयोजित भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एस, नेकपा एमालेका सयौं नेता एवं कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका हुन् ।
सो पार्टीले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसका मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका नेता बतहु ठाकुर लगायत दर्जनौं नेता कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरी आम जनता पार्टी प्रवेश गरेको बताइएको छ ।
नवप्रवेशीहरुलाई एकमुष्ट रुपमा पार्टीका राष्ट्रिय अध्यक्ष तथा रौतहट ३ बाट संघिय साँसद प्रभु साहले हार्दिक स्वागत, बधाई तथा सफल राजनीतिक भविष्यको भव्य शुभकामना गरे ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट