download zoom pc học trực tuyến - download zoom pc học trực tuyến zoom app hacked version download zoom webinar wa 00000 zoom cloud meeting download for windows 10 64 bit zoom can't download select a program

तेश्रो लहरको लागि उच्च सतर्कता अपनाउन विशेषज्ञहरुद्धारा भारत सरकारको ध्यानाकर्षण

   १० श्रावण २०७८, आईतवार १३:०८  

रौतहट, १० साउन । कोरोना भाईरसको तेश्रो लहर चाँडै आउन सक्ने भन्दै विशेषज्ञहरुद्धारा सतर्कता अपनाउन भारतीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
भारतमा तेश्रो लहरको जोखिम उच्च हुने भन्दै भारतीय विशेषज्ञहरुले आवश्यक सतर्कता अपनाई तयारी गर्न भारतीय सरकारलाई सुझाव दिएका हुन् । उनीहरुले भारतमा तेश्रो लहर आउने जोखिम भएको भन्दै कोरोनाको दैनिक संक्रमितको संख्या ५० हजार भन्दा कममा नै राख्न आवश्इक कदम चाल्न सुभाव दिए ।
दैनिक नयाँ संक्रमितको संख्या ५० हजार नाघेको अवस्थामा संक्रमण नियन्त्रण गर्न निकै कठिन हुने उनीहरुले भनेका छन् । विशेषज्ञहरुले भारतमा नयाँ लहर आए दैनिक चार देखि पाँच लाख सम्म नयाँ संक्रमित भेटिन सक्ने चेतावनी दिएका छन् । त्यसका लागि सरकारले अहिले देखि नै तयारी थाल्नु पर्ने बताए । यस अघि नै विशेषज्ञहरुले तेस्रो लहर सेप्टेम्बर वा अक्टोबर सम्ममा आउन सक्ने बताइसकेका छन् ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ३९ हजार भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । लामो समयदेखि भारतमा कोरोनाका नयाँ संक्रमित दैनिक ४० हजारको हाराहारीमा रहेको छ ।
भारतमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ ।

समाचार एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै