सर्लाही, ११ असोज । सर्लाहीको रामनगरमा बुहारीलाई हत्या गरेर अन्तिम संस्कार गरिरहेको अवस्थामा शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामनगर गाउँपालिकाको खैरवा गाउँका सुनिल साहको २९ बर्षिया श्रीमती मनिषा साहको शव जलाउने लागेको अवस्थामा सर्लाही प्रहरील नियन्त्रणमा लिएको हो ।
मलामी स्थलबाट प्रहरीले मृतक महिलाको श्रीमान सहित ससुरा रामेश्वर साह र देवर रामबाबु साहलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
स्थानीय बासिन्दाहरुले जिल्ला प्रहरी कार्यालय मलंगवालाई दिएको गोप्य सुचनाको आधारमा प्रहरीले मनुष्मारा खाला किनारमा संस्कार गर्न लागिएको अवस्थामा शव सहित तिनीहरुलाई नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मृतक महिलाको घाँटीमा निलडाम देखिएको हुँदा शंकाष्पद रहेको हुँदा पोष्टमार्टम पश्चात यथार्थ विवरण खुल्ने एसपी सुवेदीले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन