राजकुन्द्रालाई राखेर शिल्पा संग वयान लिए मुम्बई पुलिस क्राइम ब्रान्च

   १० श्रावण २०७८, आईतवार १३:२०  

पोर्न फिल्म बनाएर अकुत सम्पती आर्जन गरेको आरोपमा पक्राउ परेका श्रीमान राज कुन्द्राको बचाव गर्दै अभिनेत्री शिल्पा सेटीले उनी निर्दोष रहेको बयान दिएकी छिन् ।
मुम्बई पुलिसको क्राइम ब्रान्चले शुक्रवार ६ घण्टा सम्म अभिनेत्री शिल्पा र उनका पति राज कुन्द्रालाई एक साथ राखेर बयान लिएका थिए । शिल्पा संग सोधपुछ गर्नका लागि क्राइम ब्रान्चको टिम उनको घर पुगेको थियो ।
प्रहरीले कुन्द्रालाई पनि संगै लिएर गएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । प्रहरी संग बयान दिने क्रममा शिल्पाले यो विषयमा आफूलाई अलग राखेकी छिन् । उनले पोर्न चलचित्र बनाउने कुरामा आफनो कुनै भूमिका नरहेको पनि स्पष्ट पारेकी छिन् । भारतीय मिडियाका अनुसार, शिल्पाले प्रहरीलाई दिएको वयानमा उनका श्रीमान कुन्द्राले हटसट्स नामक एपमा पोर्न नभएर इराटिक चलचित्र बनाउने गरेको दाबी गरिन ।
शिल्पाले हटसट्समा उपलब्ध भएका भन्दै कैयौं अश्लिल बिषयवस्तु समावेश भएका चलचित्र ओटीटी प्लेटफर्ममा उपलब्ध भएको बयान दिएकी छिन् । शिल्पाले यो बिषयमा राजका आफन्त प्रदिप बख्शीलाई दोषी ठहर्याएकी छिन् । शिल्पाले लण्डनमा बसोबास गर्ने प्रदिपले यो एप चलाइरहेको बताउँदै आफ्ना पति निर्दोष रहेको दाबी गरेकी थिइन् ।
शिल्पाले केही दिन अगाडि मात्र राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिज’बाट राजिनामा दिएकी थिइन् । यसैले, प्रहरीले शिल्पा यो घटनामा सहभागी छिन् या छैनन् भन्ने बिषयमा अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै