काबुल÷विद्रोही समूह तालिबानले अफगानिस्तानको धेरै ठाउँमा कब्जा जमाउन थालेपछि अफगानिस्तान सरकारले ३४ प्रान्त मध्ये ३१ प्रान्तमा रात्रिकालीन कफर््यु लगाउने घोषणा गरेको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले राजधानी काबुल, पन्जशिर र नान्गाहर बाहेकका सबै प्रान्तमा राति १० देखि बिहान ४ बजे सम्म कर्फ्यू लगाइएको बताएको छ । तालिबान विद्रोहीहरूले राति आक्रमण गरेर थप क्षेत्र नियन्त्रणमा नलिऊन् भने उद्देश्यबाट कर्फ्यू लगाइएको हो ।
अमेरिकी र नाटो सैनिक फिर्ता भएसँगै तालिबानहरूले अफगानिस्तानमा आफ्नो प्रभाव बढाउने कोशिसमा जुटेका छन् । उनीहरूले लगभग सबै ग्रामीण इलाकामा कब्जा जमाइसेका छन् । विभिन्न अन्तरराष्ट्रिय विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने खतरा औंल्याएका छन् । ६ महिनापछि राष्ट्रपति असरफ घानीको सरकार ढल्ने उनीहरूको विश्लेषण छ ।
यसैबीच तालिबानका प्रवक्ताले अफगानिस्तानमा शान्ति सुरक्षा चाहने हो भने राष्ट्रपति घानीले तत्काल पद छोड्नुपर्ने बताए । समाचार संस्था एसोसिएट प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहिनले काबुलमा नयाँ सरकार नबने सम्म अफगानिस्तानमा शान्ति स्थापना नहुने चेतावनी दिए ।
वार्तापछि असरफ घानी हटेर जब काबुलमा सबै पक्षलाई मान्य हुने सरकार बन्छ, त्यसपछि तालिबानले हतियार बिसाइ दिने, शाहिनले भनेका छन्, म यो स्पष्ट पार्न चाहन्छु कि तालिबान सत्तामा एकाधिकार राख्न चाहँदैन । विगतमा अफगानिस्तानमा जुन सरकारले सबै शक्ति आफ्नो हातमा लिन कोशिश गरे उनीहरूले असफल सरकार भए । शाहिनले भने घानी अफगानिस्तानमा शासन गर्ने अधिकार गुमाइसकेको उनले बताए । तालिबान विद्रोहीको दबदबा कायम रहेकै बेला २० वर्षपछि अमेरिकी सैनिक अफगानिस्तान छाडेपछि यस्तो अवस्था सृजना भएको बताइएको छ ।
समाचार एजेन्सी