भुमिगत संगठनको नामबाट चन्दा उठाउने लडाई राय यादव प्रहरी हिरासतमा

458 Shares

तराई टप संवाददाता
रौतहट, १० साउन । भुमिगत संगठन तराई जनमुक्ति मोर्चा खडा गरेर व्यापारीहरुलाई चन्दाको लागि तश्रयाउने जस्ता अपराधमा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
अपहरण, शरीर बन्धक, ज्यान मार्ने तथा बम विस्फोटन गराउने धम्की दिएको आरोपमा प्रहरीले रौतहटको गरुडा नगरपालिका ५ का २७ बर्षिय लडाई राय यादवलाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो ।
पक्राउ परेका यादव सहित केही व्यक्तिहरु मिलेर अकुत पैसा कमाउने उद्देश्यबाट भुमिगत संगठन तराई जनमुक्ति मोर्चा खडा गरेर गरुडा भेगका व्यापारी, इटा भटाहरुमा बम राखेर चन्दा माग्ने, यदी माग अनुसारको रकम नदिए बम राखिदिने जस्ता घटनाहरुबाट व्यापारीहरु त्रसित रहदा उनीहरु प्रहरीको सहयोग लिएपछि प्रहरील अनुसन्धान गर्दै जाँदा यादवलाई नियन्त्रणमा लिन सफल भएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा आरोपित यादवलाई सार्वजनिक गर्दै एसपी शाहले भुमिगत संगठन तराई जनमुक्ति मोर्चाका संयोजक विरेन्द्र यादवले फोन गरी व्यवसायी संग २० लाख रकम माग गरेको तथा उक्त रकम लिन गएको वेला लडाई राय यादवलाई पक्राउ गर्न सफल भएको उनले भने ।
पाँच जना व्यक्तिहरुको संख्या रहेको उक्त समुहको संयोजक विरेन्दै यादव मुख्य योजनाकार रहेको तथा अन्य सहायकहरु रहेको अनुसन्धानबाट खुलेको बताए । २०६५ साल पुस १३ गते हात हतियार तथा खरखजाना मुद्दामा परी जेलसजाय भोगेर कारागार मुक्त भएका विरेन्द्रले केही मानिसहरु राखेर अपराधिक कार्यमा संलग्न रहेको स्पष्ट पार्दै एसपी शाहले विरेन्द्र सहित दुई जना व्यक्ति भारतको महाराष्ट्रको पुणेमा लुकेर बसेको हुँदा उनीहरुलाई अहिले सम्म नियन्त्रणमा लिन नसकिएको जानकारी दिए ।
प्रहरी हिरासतमा रहेका लडाई राय यादवले संगठनमा कति जना रहेको व्यक्तिहरुको नाम र निजले गरेको कसुर स्वीकारेको हुँदा यादवलाई म्याद थप गरी थप अनुसन्धान भईरहेको एसपी शाहले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार