बलुचिस्तानमा पाकिस्तानको मानवअधिकार उल्लंघनलाई उजागर गर्न संयुक्त राष्ट्र संघ बाहिर ब्यानर प्रदर्शन गरिने

70 Shares

जेनेभा । बलुचिस्तान प्रान्तमा मानवअधिकार उल्लंघनका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउन विभिन्‍न बलूच संगठनहरूले संयुक्त रूपमा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि सेप्टेम्बर २५ देखि २७ सम्म फोटो र ब्यानर प्रदर्शनी आयोजना गरिने भएको छ।

बलोच भ्वाइस एसोसिएसनले बलुच पिपुल्स कांग्रेस, मीमन एसोसिएसन र भ्वाइस फर बलोच मिसिङ पर्सन्सको संयोजनमा आयोजना गर्न लागेको यो कार्यक्रम ५४ औं संयुक्त राष्ट्र मानव अधिकार परिषद्को सत्रमा आयोजना हुनेछ।

बलुच भ्वाइस एसोसिएसनका अध्यक्ष मुनिर मेङ्गलले भने, ‘बलोचिस्तानमा पाकिस्तानी सेनाले व्यवस्थित रूपमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूको ध्यानाकर्षण गराउन यो कार्यक्रम आयोजना गरिनेछ।’

उनले थपे, ‘विशेष गरी, बलुच जनतालाई बेपत्ता पार्ने पाकिस्तानी अमानवीय प्रणालीगत कार्यका कारण सम्पूर्ण बलुच समाज आघातमा छ। रिपोर्टका अनुसार महिला र बालबालिका सहित ५०,००० भन्दा बढी बलुच जनता जबर्जस्ती बेपत्ता भएका छन्।’

५४औँ अधिवेशनमा जेनेभास्थित संयुक्त राष्ट्रसंघको कार्यालयभित्र दुईवटा सम्मेलन पनि हुने उनले बताए। ‘यी घटनाहरूको उद्देश्य बलुचिस्तानमा विशेष गरी पाकिस्तानी सुरक्षा बलहरूद्वारा बलुच मानिसहरूलाई जबरजस्ती बेपत्ता पार्ने बारेमा संयुक्त राष्ट्र र संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूको ध्यानाकर्षण गराउनु हो,’ उनले भने।

सम्मेलनमा भाग लिन संयुक्त राष्ट्र संघका प्रतिनिधि, अन्तर्राष्ट्रिय लेखक, पत्रकार र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।

मुनीरले भने, ‘संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रका निकायहरूले पाकिस्तानलाई बलुचिस्तानमा बर्बर कार्यहरूबाट रोक्न हस्तक्षेप गर्नेछन्। पाकिस्तानले बलुचिस्तानलाई बलद्वारा कब्जा गरेको र जनताले पाकिस्तानी जबरजस्ती कब्जाको प्रतिरोध गरिरहेका छन् भन्ने कुरालाई ध्यान दिनुपर्छ।’ नेपालआज

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।