भैरहवा, १५ असोज । नेपालमा प्रतिबन्ध रहेका पाँच सयका भारतीय नोटको ब्याण्डल सहित तिन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीलाई प्राप्त भएको विशेष सुचनाको आधारमा बेलहियाबाट भैरहवा तर्फ आउदै गरेका लु २ च ७३५० र प्रदश ०१–०२६ च ३६५२ नम्वरको भ्यानलाई रोकी चेक जाँच गर्दा त्यसमा सबार व्यक्तिको झोलाबाट १० लाख भारतीय रुपैया सहित तिन जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएकाहरुमा भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौलीका ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् ।
सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख भारतीय रुपैयाँ फेला परेको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । बरामद रकम र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्मरणीय छ, भारतीय पाँच सयको नोट नेपालमा प्रतिबन्ध रहेको छ । तर यत्रो परिमाणमा ठूलो नोट कुन प्रयोजनबाट लिएर नेपाल आएको सम्बन्धमा रुपन्देही प्रहरीले अनुसन्धान सुरु गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन