रौतहट, १५ असोज । जल तथा मौसम विज्ञान विभागले मनसुन नेपालमा अझै केही दिन सम्म सक्रिय रहने जनाएको छ ।
पहाडी एवं तराई क्षेत्रमा मनसुन अहिले सक्रिय रहेको हुँदा किसानहरु तत्काल धान बाली नकाट्न सुझाव दिदै यदी काटिसकेको छ भने चाँडै घरमा भित्रयाईहाल्न आग्रह गरेको हो ।
प्रत्येक बर्ष अक्टुबर २ तारेख देखि मनसुन नेपालबाट बाहिरिने गरेका थिए तर यसपालि अझै मनसुन सक्रिय रहने मौसमविदहरुको धारणा रहेका छन् । नेपालको मौसमविदको अनुसार मनसुन अझै नेपालमा एक साता सम्म रहीरहने अनुमान गरेका छन् । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेर अधिकाँश स्थानमा न्यून एवं ठूलो बर्षा हुने छ ।
नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत छ । भारतको उडिसा, छत्तिसगढ, विहार लगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन