बारा, १५ असोज । बारा जिल्लामा श्रीमतीले प्रेमिसंग मिलेर श्रीमानको हत्या गराएको छ ।
बारा जिल्ला पचरौता नगरपालिका वडा नम्वर ६ लक्ष्मिनिया गाउँका अजितकुमार सिंहको हत्या गराउनमा उनकै २३ बर्षिया श्रीमती सोनम सहनीको हात रहेका बारा प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
सोनले भारतीय प्रेमी संग मिलेर श्रीमान् सिंहको गोली हानेर हत्या गराएको छ । हत्या पछि सोनम भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएपछि असिलयत कुरा खुलेका थिए ।
हत्यामा संलग्न मोतिहारी दर्पा थाना १ सुक्लहियाका २५ बर्षिय सुजितकुमार सिंह, सोही ठाँका २४ बर्षिय चञ्चल पाण्डे, २२ बर्षिय मनिषकुमार सहनी २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको बारा प्रहरीका एसपी सुरेश काफ्ले जानकारी दिए ।
सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियी स्थित नेपाल–भारतको सिमाना गोली हानी हत्या गरेका थिए । फरार रहेका आरोपितहरुलाई भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य भइरहेको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन