७५३ स्थानीय तहमा कृषकहरुको वास्तविक अवस्था पहिचान गर्न कृषक गणना गरिने

   २१ आश्विन २०७७, बुधबार १६:२३  

काठमाडौं, २१ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरको ७५३ स्थानीय तह मार्फत कृषकहरुको गणना गर्ने भएको छ ।
कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाएर नपाएको अवस्था बारे विवरण संकलन गरिने कृषि मन्त्री घनश्याम भुसालले बताए । नेकपा नेता भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाले पछि ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो ।
सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षण सम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशै भरी अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । सरकारले राष्ट्रिय जनगणना गर्न लागेकै बेला कृषि मन्त्रालयले देशभर छुट्टै गणना किन गर्न लागेको भन्ने प्रश्नको जवाफमा मन्त्री भुसालले किसानहरुबाट हामीले जुन तथ्यांक लिनुपर्ने हो, त्यो हामीले खोजेजस्तो राष्ट्रिय जनगणनाबाट प्राप्त हुँदैन । राष्ट्रिय जनगणना समग्र गणना हो भने कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिने प्रष्ट पारे ।
सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत दिने मन्त्रालयले जनाएको छ ।
कृषक सूचीकरण पछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्ने कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै