75
Shares
नयाँ दिल्ली, एजेन्सी । भारत–क्यानडा बीच उत्पन्न तनावका बीच भारतले १० अक्टोबर सम्म देश नछाड्ने कूटनीतिज्ञहरुको कूटनीतिक उन्मुक्ति खारेज गर्ने चेतावनी दिएको छ ।
भारतले अक्टोबर १० सम्ममा देश नछाड्ने क्यानाडाली कूटनीतिज्ञहरूको कूटनीतिक उन्मुक्ति खारेज गर्ने धम्की दिएको हो ।
उक्त चेतावनी फाइनान्सियल टाइम्सले मंगलबार रिपोर्ट गरेको छ । दुई देशबीचको तनावका बीच क्यानडाले ४१ कूटनीतिज्ञ फिर्ता लिन आग्रह गर्दा भारतले यस्तो बताएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा भारतको हात रहेको बताएका थिए ।